Share This:

आजबाट नारायणी किनारमा चितवन महोत्सव सुरु हुदै

२५ पौष २०७५, बुधवार (Jan 09, 2019) | Source: Synergy FM

Chitwan Mahotsav 2075 File Photo; पौष २५, आजबाट नारायणी किनारमा १२ औ चितवन महोत्सव सुरु हुदै छ ।आज एक भब्य समारोहका बीच नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गर्नुहुनेछ ।त्यस अघि अहिले सोभायात्रा निकालिएको छ ।शोभायात्रामा हजारौ मानिसको सहभागिता रहेको बताइएको छ।शोभायात्रा व्यवस्थापन समितिको संयोजक रजनी मास्केका अनुसार चितवन महोत्सवको मुल गेट बाट सुरु भएको शोभायात्राले मेन रोड, लिलाचोक दियालो रोड , प्रगति पथ, बालकुमारी चोक, मिलन रोड, शहिदचोक, लायन्स चोक हुदै पुन प्रर्दशनी मार्ग नारयाणी किनारमा पुग्दै छ ।

शोभायात्रा व्यवस्थापन समितिकी संयोजक मास्केका अनुसार यस पटकको शोभा यात्रामा रथ यात्रा निकालिएको छ । यसै संस्करण बाट सुरुवात भएको रथ यात्रामा १२ कलश सहित पन्चकन्याहरुले उक्त रथमा यात्रा गरेका छन् । महोत्सवको १२ औं संस्करण भएकाले रथ यात्रामा १२ वटा कलसको प्रयोग गरिएको मास्केले बताउनुभयो ।महोत्सवमा यस बर्ष ५०० भन्दा बढी स्टल रहेको मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो ।

महोत्सव विसं २०५३ सालदेखि प्रत्येक दुई÷दुई वर्षमा हुँदै आएको छ । उद्योग वाणिज्य सङ्घ–चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुने चितवन महोत्सवमा छ वटा विशेष स्टल रहने छन् ।महोत्सवमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा आधारित गोष्ठी आयोजना गरिनेछ ।

प्रधानका अनुसार सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पर्यटनलाई केन्द्रबिन्दुमा राखी विभिन्न क्रियाकलाप आयोजना गर्दैछ । चितवनभित्रका पर्यटकीय गन्तव्यको संक्षिप्त जानकारी तथा तस्वीर समावेश गरी पर्यटक पथप्रदर्शक किताब नेपाली र अङ्ग्रेजीमा प्रकाशन गरिने बताइएको छ ।

त्यस्तै महोत्सब भित्र माछाको मुर्ति,हात्तीको मुर्ति पनि आकर्षक ढंगले राखिएको छ ।चितवनको पर्यापर्यटन झल्किने, राष्ट्रिय अन्तर्राष्ट्रिय जनावरको प्रतिमूर्ति समावेश गरिएको कृत्रिम चिडियाखाना महोत्सवमा रहेका छन् ।विविध खेलकूद, जलयात्रा, स्वास्थ सेवा, आदिवासी जनजातिको वेषभूषा, कला संस्कृति समावेश गरिएको विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपज प्रदर्शनीको विविधताले यसपटकको महोत्सवमा निरन्तरता पाएको संयोजक प्रधानले बताउनुभयो ।महोत्सवमा पोल्ट्री, अटो, सूचना तथा प्रविधि, विद्युत्, मेड इन नेपाल, बैंक तथा वित्तीय संस्था परिसर, रेष्टुराँ, जनजातिको रहनसहन झल्किने घर आदि रहेका छन् ।