
The Chitwan Chepang Hill Trail, offers a rare combination of cultural and sightseeing experience. One of the most interesting aspects of the trek is getting a glimpse of the Chepangs and other local communities who live in this mid-hill region of Nepal. Accepting the invitation of the villagers to stay in their beautiful homes as guests and sharing their meals is a journey of discovery in itself. The unique culture in this area in addition to natural attractions adds to the charm of the experience. The Chitwan Chepang Hill Trail begins at Hugdi, between Mugling and Krishna Bhir in Dhading district about 80 km from Kathmandu, and ends in Shaktikhor.
उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो । सन् १९६० को दशकको शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको चितवनका पुराना साहित्यकार प्रेमविनोद नन्दन बताउँछन् । विक्रम् सम्वत् २०१६ सालसम्म महत्वपूर्ण सरकारी अड्डा र अदालत सबै यसै क्षेत्रमा रहेका थिए ।
ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने दाहाखानी गाविस-३ मा पर्दछ । समुदि्र सतहदेखि १२७५ मिटर उचाइमा पर्ने यो किल्ला तल्कालीन बाइसे-चौविसे राज्य एकीकरणका बेला अंग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भुमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएका थिए । पूर्वी चितवनको टाँडीबाट ६ माइल टाढा रहेको गढी सन् १८०० मा निर्माण भएको र सन् १९६० सम्म चितवनको सदरमुकाम रहेको पुरातत्व विभागले जनाएको छ ।
ीन फुट चौडाई तथा छ फुट उचाई भएको प्रवेशद्वार रहेको गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन् । ढुंगा, माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाई तीन फिट रहेको छ । गढीमा नौ वटा सेन्ट्रीपोष्ट छन् । लगभग ३ फिट बाक्लो पर्खालको चारै दिशातर्फ तोप पड्काउने उद्देश्यले ९ वटा खुल्ला झ्यालहरु बनाइएको छ ।
किल्लाको दक्षिणी भागमा भगवान शिव र कालिकाको मन्दिरको भग्नावशेष मात्र बाँकी छ भने गणेशको मन्दिर प्रवेशद्वारमा छ । बज्रयोगिनी र बालकुमारी देवीको मन्दिर भने किल्लाभित्र छ । चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ । उत्तरी मोहडामा प्रवेशद्वार छ भने बीच भागमा इनार र हतियार भण्डार गर्ने कोत घर छ ।
गढीको सुरक्षाका लागि भनेर तारबार लगाउनुका साथै कोत घरको सुरक्षाका लागि ट्रष्टसमेत निर्माण गरिएको छ । तर हाल त्यो पनि उचित संरक्षणमा छैन ।