तस्बिरमा हेर्नुहोस् चितवनस्थित घडियाल गोही प्रजनन केन्द्र

तस्बिरमा हेर्नुहोस् चितवनस्थित घडियाल गोही प्रजनन केन्द्र

Home » News and Articles » तस्बिरमा हेर्नुहोस् चितवनस्थित घडियाल गोही प्रजनन केन्द्र
Chitwan Tourism

बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्य रहेको सौराहामा अहिले धेरै पर्यटक आइरहेको स्थानीय चुडामणि चौधरी बताउँछन्।

सौराहा आएपछि चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी गर्नेहरूको संख्या समेत बढेको छ। निकुञ्जभित्र जानेहरू कसरास्थित घडियाल गोही प्रजनन केन्द्र समेत अवलोकनका लागि पुग्ने गरेका छन्। प्रजनन केन्द्रको प्रवेश शुल्क ५० रुपैयाँ रहेको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक बासस्थानमा एक प्रतिशतभन्दा कम गोही मात्र बाँच्ने गर्दछन्। त्यसैले लोपोन्मुख समेत रहेको घडियाल गोही संरक्षण गर्न सन् १९७८ मा केन्द्र स्थापना गरिएको थियो। 

उनका अनुसार वार्षिक गोहीले पारेका पाँच सय अण्डा मात्रै संकलन गरेर प्रजनन केन्द्रमा लग्ने गरिन्छ।    

‘गोहीले चैत- वैशाखमा नदी किनारमा पारेका अण्डा संकलन गरेर प्रजनन केन्द्रमा ल्याइन्छ,’ उनले भने, ‘ती अण्डा कोरलेर बच्चा हुर्काइन्छ र ठूलो भएपछि छोडिन्छ।’

यस्तै, कुन तापक्रममा कोरलेको छ त्यसले घडियालको लिंग समेत तय गर्ने उनले बताए।

‘३०-३२ डिग्रीमा ह्याच गरिएका अण्डाहरू पुरूष गोही हुन्छन्,’ उनले भने, ‘अन्य तापक्रममा ह्याच गरिएका अण्डा भने महिला गोही हुने गर्छन्।’

प्रजनन केन्द्रमा हुर्काएर पाँच वर्ष उमेर र डेढ मिटर लम्बाइ भएपछि गोहीलाई नदीमा छाड्ने गरिन्छ। यहाँ विभिन्न उमेर समूहका बच्चा घडियाललाई छुट्टै राख्ने गरिएको छ। 

केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। प्रजनन केन्द्रमा हुर्काएर राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कर्णाली र बबईमा गोही छाडिँदै आएको छ।

बाढी आएको समय साना गोहीलाई बगाएर लैजाने हुँदा प्रजनन केन्द्रमा हुर्काएर छाड्ने गरिएको उनले बताए। 

यहाँ मगर गोही र घडियाल गोही पाइन्छ। मगर गोही जमेको पानीमा बस्छन् भने घडियाल गोहीलाई ताजा पानी चाहिन्छ। घडियाल गोही पाइने ठाउँको पानी सफा हुने समेत जनविश्वास रहेको छ।

Source: Setopati

News and Articles

Related News, Articles and Information

Feedback Form

    Tower Night stay at Chitwan National Park

    Tower Night stay at Chitwan National Park

    Experience the Magic of a Tower Night Stay at Chitwan National Park: Imagine spending a night amidst the serene wilderness...