पटिहानीमा पर्यटकलाई नयाँ गन्तव्य ‘स्टोन पार्क’

पटिहानीमा पर्यटकलाई नयाँ गन्तव्य ‘स्टोन पार्क’

Home » News and Articles » पटिहानीमा पर्यटकलाई नयाँ गन्तव्य ‘स्टोन पार्क’
Chitwan Tourism
Stone Park Chitwan

भरतपुरको पटिहानीमा ‘स्टोन पार्क’ सञ्चालनमा आएको छ। भरतपुर–२२ स्थित राप्ती नदीको सीमा क्षेत्रमा पार्क निर्माण गरिएको हो।

चितवन राष्ट्रिय निकुञ्ज नजिकै ढुंगाबाट आकर्षक संरचनाहरु निर्माण गरेर पार्क तयार गरिएको हो।

राप्ती नदी र केरुङ घोलले काटेको जमिनलाई उकासेर मनोरम पार्क निर्माण गरिएको वडाध्यक्ष विष्णुराज महतोले बताए।

‘यो पटिहानी क्षेत्रमा आउने पर्यटकहरुले डुंगा चढ्ने ठाउँ हो। यहाँबाट चितवन निकुञ्जको जंगल, वन्यजन्तुसहितको प्राकृतिक मनोरम दृष्यको अवलोकन गर्न मिल्छ। राप्ती नदी आडको मनोरम वातावरणमा पर्यटक रमाउन सक्नुहुन्छ,’ महतोले भन्छन्, ‘खेर गएको जमिनको उपयोग गरेर स्टोन पार्क बनाएका हौं।’

उनले दक्षिण कोरिया भ्रमणमा जाँदा स्टोन पार्कको अवलोकन गरेपछि आफ्नो ठाउँमा पनि ढुंगै ढुंगाको पार्क बनाउने परिकल्पना गरेको सुनाए।  

पार्कमा पटिहानी उपभोक्ता समितिले एउटा भ्यु टावर बनाएको छ। ढुंगा छापेर वाकिङ ट्रेल, सेल्फी पोइन्टहरु बनाइएको छ।

वडाको ५० लाख, महानगरपालिकाको ३० लाख र नारायणी नदी व्यवस्थापन आयोजनाको ४० लाख रुपैयाँ बजेटमा स्टोन पार्क तयार भएको हो।

वडाध्यक्ष महतोले पार्कमार्फत हुने आम्दानी व्यवस्थापनमा खर्च गरेर बाँकीले बोटे समुदायको जीविकोपार्जनमा सहयोग गर्ने बताए। पार्क नजिकको क्षेत्रमा बोटे समुदायको बसोबास रहेको छ।

पार्कको उद्घाटनको अवसरमा रैथाने खाना महोत्सव पनि गरिएको थियो।

उद्घाटन कार्यक्रममा मेयर रेनु दाहालले भरतपुर महानगरपालिकाले भ्रमण वर्ष–२०२४ मनाइरहेको बेलामा नयाँ गन्तव्यको रुपमा स्टोन पार्क तयार भएको बताइन्।

उनले भरतपुरलाई पर्यापर्यटनको केन्द्र बनाउन यो पार्कले भूमिका खेल्ने बताए।

‘एक वडा एक पार्क त हाम्रो कार्यक्रम नै छ। यो वडामा त अन्य पार्क पनि छन्,’ उनले भनिन्, ‘यहाँ सानो लगानीमा आकर्षक पार्क बनेको छ। हरियाली प्रबद्र्धन गरेर यसलाई बिस्तार गर्दै लैजाने योजना छ।’

महानगरका पर्यटन विज्ञ विश्व सुवेदीले आन्तरिक पर्यटन प्रबर्द्धन गर्न र पर्यटकको समय व्यवस्थित गर्न यस्ता गन्तव्यको भूमिका हुने बताए।

केही वर्षअघि पटिहानीमा निर्माण गरिएको अम्रेला स्ट्रिट पनि आन्तरिक पर्यटकको रोजाइँ बनिरहेको छ।

Source: Setopati

News and Articles

Related News, Articles and Information

Feedback Form

    Jungle / Nature Walk

    Jungle / Nature Walk

    In the heart of Nepal's Chitwan National Park lies a sanctuary of unparalleled natural beauty, inviting travelers to embark on...