चितवनको दियालो बंगला सर्वसाधारणका लागि खुला हुने

चितवनको दियालो बंगला सर्वसाधारणका लागि खुला हुने

Home » News and Articles » चितवनको दियालो बंगला सर्वसाधारणका लागि खुला हुने
Chitwan Tourism

११ असार, काठमाडौं । चितवनस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चितवनमा रहेको ऐतिहासिक दियालो बंगलाको अनुगमन गर्दै यस्तो जानकारी गराएका हुन् । यो बंगला विगतमा पूर्व राजाहरूले सञ्चालन गर्दै आएकोका थिए । अहिले नेपाल ट्रष्टको नाममा रहेको छ ।

दियालो बंगला दरबारमा १७ माघ २०२८ मा राजा महेन्द्रको निधन भएको थियो । राजा महेन्द्रले २०१८ सालमा निर्माण सुरु गरेर २६ सालमा निर्माण सकेको दियालो बंगलामा महेन्द्रपछि उनका छोरा वीरेन्द्रको परिवारसहित हिउँदमा गएर बेलाबेला बस्ने गरेका थिए ।

बंगलामा राजा महेन्द्रको शयन कक्ष छ । त्यसको सिरानीमा राजा महेन्द्रले प्रयोग गर्ने दुईवटा हतियार छन् । त्यति बेलैका बिस्तारा, पलङ र गलैचाहरू छन् । स्मोकिङ जोन साथै बार पनि रहेको छ ।

नारायणगढ बजारदेखि चार किलो मिटर पर नारायणगढ-मुग्लिन सडक र देवघाट जाने सडकको आडमा दरबार क्षेत्र रहेको छ ।

जंगलभित्र रहेको दरबार नजिकै उत्तरमा नारायणी नदी पनि छ । दरबार क्षेत्र इतिहास बुझ्न र अध्ययन गर्न चाहनेहरूका लागि उपयुक्त स्थल हुने देखिएको छ ।

Source: Online Khabar

News and Articles

Related News, Articles and Information

Feedback Form

    तस्बिरमा हेर्नुहोस् चितवनस्थित घडियाल गोही प्रजनन केन्द्र

    तस्बिरमा हेर्नुहोस् चितवनस्थित घडियाल गोही प्रजनन केन्द्र

    बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्य रहेको सौराहामा अहिले धेरै पर्यटक आइरहेको स्थानीय चुडामणि चौधरी बताउँछन्। सौराहा आएपछि चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी गर्नेहरूको...