पाँचदेखि दस हजार रूपैयाँमा बस्न पाइने सौराहाका १० होटल

पाँचदेखि दस हजार रूपैयाँमा बस्न पाइने सौराहाका १० होटल

Home » News and Articles » पाँचदेखि दस हजार रूपैयाँमा बस्न पाइने सौराहाका १० होटल
Chitwan Tourism

घुमफिर र यात्रा मन पराउने जमात बढ्दैछ। कामको थकान र व्यस्त दैनिकीबाट केही पर छुट्टै परिवेशमा रमाउनेहरूका लागि पर्यटकीय गन्तव्यहरू पर्खिरहेका छन्।

चितवनको सौराहा ‘वाइल्डलाइफ’ पर्यटनका लागि प्रसिद्ध छ। यहाँको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरूमा अडिएको छ। हात्ती चढेर जंगल सफारी, वन्यजन्तुहरू हेर्नु, राप्ती नदीमा डुंगा सयर गर्नु, सूर्यास्त हेर्नु र थारू संस्कृति सौराहाका आकर्षण हुन्।

Jeep Drive Safari

प्रकृतिसँग रमाउँदै कम्तीमा दुईदेखि तीन दिनसम्म सौराहामा बस्न सकिन्छ। क्षेत्रीय होटल संघ सौराहाका अनुसार सौराहामा कुल डेढ सयवटा होटल छन्।

होटलमा दुई दिन एक रात, तीन दिन दुई रात र चार दिन तीन रातका प्याकेज छन्। यस्तो प्याकेजअन्तर्गत राप्ती नदीमा डुंगा यात्रा, राष्ट्रिय निकुञ्जभित्र छोटो पदयात्रा, हात्ती सफारी, जिप सफारी, हात्ती नुहाउने, हात्ती प्रजनन केन्द्र भ्रमण, चरा अवलोकन, जंगल टावरमा राती बस्न, जंगलमा साइकल चलाउने जस्ता गतिविधिहरू समावेश छन्। यसका साथै जिप चढेर बीस हजारी ताल र थारू जातिको सांस्कृतिक अवलोकन पनि गर्न पाइन्छ।

यहाँका होटलहरूले यस्तै सुविधाहरूलाई प्याकेज बनाएर त्यहीअनुसार पैसा तय गरेका छन्। होटलमा बस्ने र खाने सुविधा मात्र लिएर आफैं घुम्न पनि सकिन्छ।

यहाँ हामीले पाँच हजारदेखि दस हजार रूपैयाँसम्म बस्न पाइने १० होटलको छोटो विवरण दिएका छौं। यो विवरण हामीले सम्बन्धित होटलसँगको कुराकानीमा तयार पारेका हौं।

जंगल सफारी लज

जंगल सफारी लज राष्ट्रिय निकुञ्जबाट एक किलोमिटर दुरीमा छ। बीस वर्षदेखि सौराहामा आतिथ्यता पस्किरहेको जंगल सफारीमा बस्न बेड-ब्रेकफास्ट र प्याकेज बस्न सकिन्छ।

यहाँ ३४ वटा डिलक्स कोठा छन् जसको मूल्य ५ हजारदेखि १२ हजार रूपैयाँसम्म पर्छ। यो रकममा बेड र ब्रेकफास्ट समावेश हुन्छ। रेस्टुरेन्टमा नेपालीसँगै इन्डियन, चाइनिज र कन्टिनेन्टल खाना पाइन्छ। यसबाहेक सौराहामा अन्य गतिविधि गर्न प्याकेज लिनुपर्छ।

ग्रीन पार्क चितवन

Green Park Chitwan

ग्रीन पार्क चितवन बस स्टेसनबाट तीन किलोमिटर दुरीमा छ। यो सौराहाको लक्जरी रिसोर्ट हो। रिसोर्टको रेस्टुरेन्टमा नेपालीसँगै इन्डियन, चाइनिज र कन्टिनेन्टल परिकारहरू पाक्छन्।

ग्रीन पार्कमा डिलक्स, हनिमुन स्विट, प्रेसिडेन्टल स्विट लगायत गरी ४५ वटा कोठा छन्। सबैभन्दा कम डिलक्समा आठ हजार पाँच सय र सबभन्दा धेरै प्रेसिडेन्टल स्विटमा बस्न ३२ हजार रूपैयाँ पर्छ। यो रकम बेड र ब्रेकफास्टको हो। होटलले आगन्तुकका लागि थप सुविधा अन्तर्गत विभिन्न प्याकेज राखेको छ। प्याकेजमा विभिन्न गतिविधिहरू समावेश छन्।

होटल जंगल क्राउन

होटल जंगल क्राउन सौराहा बस स्टेसनबाट दुई किलोमिटर दुरीमा छ। यहाँ ४३ वटा कोठा छन्। जंगल क्राउनको डिलक्स कोठामा बस्न ६ हजार रूपैयाँ र हेरिटेजमा बस्न सात हजार पाँच सय रूपैयाँ पर्छ।

यो रकममा बेड र ब्रेकफास्टको सुविधा हुनेछ। यसबाहेक अरू गतिविधिका लागि पैसा थप्नुपर्छ।

सपना भिलेज लज

Sapana Village Lodge

बुटिक शैलीको लज सपना भिलेजका भवनहरू स्थानीय तथा थारू डिजाइनमा छन्। भिलेजमा ३३ वटा कोठा छन्। कटेज शैलीका कोठाहरूमा सामान्य डिलक्स, हनिमुन र क्लासिकल बंग्लो छन्।

यहाँ बस्न समूहमा जानेहरूका लागि प्रतिकोठा ६ हजार पाँच सय पर्छ। समूहमा नगएकाले सात हजार पाँच सय रूपैयाँसम्म तिर्नुपर्छ।

सिद्धार्थ भिलासा वनवास

सौराहाको सिद्धार्थ भिलासा वनवास यही वर्षबाट सञ्चालनमा आएको हो। सिद्धार्थ हस्पिटालिटीले आफ्नो लक्जरी ब्रान्डका रूपमा सौराहामा सञ्चालन गरिरहेको यो भिलासामा ८५ वटा कोठा छन्।

यहाँ सामान्य डिलक्स, जुनियर डिलक्स, स्विट डिलक्स र भिलासा स्विट छन्। सबभन्दा थोरै सामान्य डिलक्समा बस्न १० हजार रूपैयाँ पर्छ भने सबभन्दा धेरै भिलासा स्विटमा बस्न एक लाख रूपैयाँसम्म पर्छ। यो रकममा बेड र ब्रेकफास्ट सुविधा छ।

होटल सेभेन स्टार

Hotel Seven Star

नाम सेभेन स्टार भए पनि यो होटलले पर्यटन विभागबाट ‘तीनतारे’ को अनुमति लिएको छ।

होटलमा कुल ४८ वटा कोठा छन्। यसमा १४ वटा प्रिमियम मास्टर र ३४ वटा डिलक्स कोठा छन्।

डिलक्समा बस्न ५ हजार रूपैयाँ पर्छ भने प्रिमियम मास्टर कोठामा ६ हजार रूपैयाँ पर्छ। प्याकेज लिने हो भने दुई रात, तीन दिनका लागि १२ हजार रूपैयाँ पर्छ।

ग्रीन म्यान्सन्स जंगल रिसोर्ट

Green Mansions Jungle Resort

सौराहा बस स्टेसनबाट साढे तीन किलोमिटर दुरीमा छ यो रिसोर्ट। यहाँ कुल ३२ वटा कोठा छन्।

यहाँ बस्न नौ हजार रूपैयाँबाट सुरू हुन्छ।

होटल अर्थ-लाइट

यो होटल थारू सांस्कृतिक संग्रहालयबाट ४.३ किलोमिटर दुरीमा छ। सौराहाको लक्जरी रिसोर्टअन्तर्गत रहेको अर्थ-लाइटमा कुल ३५ वटा कोठा छन्।

यहाँ डिलक्स, सुपर डिलक्स, फ्यामिली स्विट र प्रेसिडेन्टल स्विट कोठा छन्। यिनमा बस्न क्रमशः पाँच हजार पाँच सय, ६ हजार पाँच सय, सात हजार पाँच सय र बाह्र हजार पाँच सय रूपैयाँ पर्छ। यो रकममा रिसोर्टले बेड र ब्रेकफास्ट दिनेछ।

प्याकेज भने कति दिन बस्ने र के के गतिविधि गर्ने भन्नेमा भर पर्छ। यसरी प्याकेज लिँदा एक रात, दुई दिनको प्रतिव्यक्ति ६ हजार रूपैयाँबाट सुरू हुन्छ।

ल्यान्डमार्क फरेस्ट पार्क

Landmark Forest Park

राष्ट्रिय निकुञ्जबाट नजिकै रहेको यो होटलमा कटेज, डिलक्स, भिल्ला, स्विट र एक्जुकेटिभ स्विट गरी कुल ७३ वटा कोठा छन्।

बस्न पाँच हजार पाँच सय रूपैयाँबाट सुरू हुन्छ।

प्याकेज पनि लिन सक्ने सुविधा छ।

होटल पार्कल्यान्ड

बस स्टेसनबाट एक किलोमिटर दुरीमा रहेको यो होटलले १७ वर्षदेखि आतिथ्यता सेवा पस्किरहेको छ।

यहाँ ३२ वटा डिलक्स कोठा छन्। बेड र ब्रेकफास्टसहित यी कोठामा बस्न चार हजार पाँच सय रूपैयाँ पर्छ। 

प्याकेज लिँदा १० हजार रूपैयाँबाट सुरू हुन्छ।

Author: Sabina Karki, Source: Setopati

News and Articles

Related News, Articles and Information

Feedback Form

    Tharu Cultural Programs and Stick Dance

    Tharu Cultural Programs and Stick Dance

    In the heart of Chitwan, amidst the tranquil beauty of Nepal's wilderness, lies a vibrant tapestry of culture and tradition...