बुटाको फेंदमा बाबाको पूजा

बुटाको फेंदमा बाबाको पूजा

Home » News and Articles » बुटाको फेंदमा बाबाको पूजा
Chitwan Tourism

चितवन — विक्रम बाबालाई चितवनका आदिवासी थारु समुदायले परापूर्वकालदेखि मान्दै आएका छन् । चैते दसैंको बेला औंसीदेखि पूर्णिमासम्म विक्रम बाबामा पूजा हुने गर्दछ । पूजा गर्नलाई कुनै मन्दिर छैन । बुटो अर्थात रुखको फेंदमा थान बनाएर विक्रम बाबाको पूजा हुँदै आएको छ। थारुहरुले मात्रै पूज्दै आएको विक्रम बाबालाई पछिल्ला वर्षहरुमा सबैले पुज्न थालेका छन् ।

ठगाइ महतो थारु समुदायका गुरौं हुन् । गुरौंहरुले नै विक्रम बाबामा पूजा गर्दै आएका छन् । विक्रम बाबालाई मान्नेहरुले रुखको भेदमा नै पूजा गर्दै आएको उनले बताए । चितवन जिल्ल सदरमुकाम भरतपुरदेखि लगभग २२ किलो मिटर पश्चिम चितवन राष्ट्रिय मुख्यालय कसराको आडमा विक्रम बाबाको थान छ । एउटा ठूलो रुखको फेँदमा थान भए पनि नजिक पुगेपछि वरपरका अन्य रुखको तल पनि पूजा हुने गर्दछ ।

Bikram Baba

‘हैन मन्दिर पनि बनाउन त खोजेका हुन् रे, त्यो बेला दिनभर मन्दिर बनाउने काम गर्‍यो । रातमा सवै भत्कँदो हरेछ । त्यही भएर मन्दिर नबनाउने यसरी बुटाको फेँदमा पूजा गर्ने चलन कायमै रहयो’ गुरौं ठगाइले भने । निकुञ्जको घना जंगलभित्र रहेका कारण त्यो क्षेत्रमा वन्यजन्तुको ओहर दोहर पनि चल्छ । निकुञ्ज कार्यालयले सुरक्षाको प्रबन्ध गरेको छ । तर होसियारीका साथ आवत जावत र पूजा गर्न निकुञ्जले अपिल गरेको छ ।

Pooja at Bikram Baba

खास गरेर सन्तान होस भनेर भाकल गर्नेहरुले चैतको औसी सुरु भएपछि पूर्णिमासम्म पुजा गर्न आउने गुरौ ठगाइले बताए । रामनवमीको सप्तमी, अष्टमी र नवमीमा ठुलो भिडभाड हुने उनले बताए । पहिला थारु समुदाय मात्रै पूजा गर्न आउँथे । २५/३० वर्षयता हिन्दु धर्म मान्ने अन्य समुदायका व्यक्तिहरु पनि आउने गरेको उनले बताए । दुख परेमा पार लागोस भनेर र सन्तान नभएमा सन्तान होस भनेर भाकल गर्दै पूजा गर्न आउँछन् ।

Bikram Baba

भाकल भएपछि फेरि पूजा गर्न आउँछन् । परेवा उडाउने, बोका काट्ने गर्दछन् । परेवा र बोका बाहेक विक्रम बाबालाई हाँस कुखुराको बली नचल्ने गुरौं ठगाइले बताए ।

राप्ती पारी कसरामा विक्रम बाबाको पुजा हुँदै गर्दा राप्ती वारी जगतपुरमा मेला लाग्ने गर्दछ । कोरोना संक्रमणका कारण ७६ सालयता विक्रम बाबामा दुई पटक राम्रोसँग पुजा हुन सकेन । यो पटक १५ दिनमा कम्तिमा पाँच लाखजना पूजा गर्न आउने अनुमान छ ।

Source: E-Kantipur

News and Articles

Related News, Articles and Information

Feedback Form

    How to reach Chitwan?

    How to reach Chitwan?

    Chitwan, nestled in the lush Terai region of Nepal, beckons travelers with its rich biodiversity and cultural heritage. Whether you're...