यी हुन् दुईदेखि ५ हजार रूपैयाँमा बस्न पाइने सौराहाका ८ होटल

यी हुन् दुईदेखि ५ हजार रूपैयाँमा बस्न पाइने सौराहाका ८ होटल

Home » News and Articles » यी हुन् दुईदेखि ५ हजार रूपैयाँमा बस्न पाइने सौराहाका ८ होटल
Chitwan Tourism

पर्यटकीय गन्तव्य चितवनको सौराहा ‘वाइल्डलाइफ’ पर्यटनका लागि प्रसिद्ध छ।

सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरूमा अडिएको छ। हात्ती चढेर जंगल सफारी, वन्यजन्तुहरू हेर्नु, राप्ती नदीमा डुंगा सयर गर्नु, सूर्यास्त हेर्नु र थारू संस्कृति सौराहाका आकर्षण हुन्।

सौराहाका होटल व्यवसायीहरूका अनुसार पछिल्लो समय त्यहाँको व्यवसाय अन्तरिक पर्यटकले धान्न थालेको छ।

Tourist with Elephant in Sauraha

अहिलेको मौसम सौराहा घुम्न उपयुक्त पनि हो। प्रकृतिसँग रमाउँदै कम्तीमा दुईदेखि तीन दिनसम्म सौराहामा बस्न सकिन्छ।

सौराहामा कहाँ बस्ने भन्ने धेरैलाई जिज्ञासा हुन सक्छ। धेरै खर्च गर्न सक्नेहरूलाई इन्टरनेटमा होटलहरू खोजेर जान सहजै हुन्छ। कम मूल्यमा बस्न सकिने होटल कहाँ छन्, कति खर्च लाग्छ भन्ने जानकारी भने नहुन सक्छ।

क्षेत्रीय होटल संघ सौराहाका अनुसार सौराहामा डेढ सयवटा होटल छन्। स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै बजेटअनुसारका होटलमा बस्न पाइन्छ। सबैजसो होटलहरूले आ-आफ्नै प्याकेज बनाएका छन्।

होटलमा दुई दिन/एक रात, तीन दिन/ दुई रात र चार दिन/तीन रातका प्याकेज छन्। यस्तो प्याकेजअन्तर्गत राप्ती नदीमा डुंगा यात्रा, राष्ट्रिय निकुञ्जभित्र छोटो पदयात्रा, हात्ती सफारी, जीप सफारी, हात्ती नुहाउने, हात्ती प्रजनन केन्द्र भ्रमण, चरा अवलोकन, जंगल टावरमा राती बस्न, जंगलमा साइकल चलाउने जस्ता गतिविधिहरू समावेश छन्।

Elephant Safari Chitwan

यसका साथै जिप चढेर बीस हजारी ताल, थारू जातिको सांस्कृतिक अवलोकन, प्रकृति भ्रमण पनि हेर्न पाइन्छ।

यस्तै सुविधाहरूलाई प्याकेज बनाएर होटलहरूले त्यहीअनुसार बजेट तय गरेका छन्।

होटलमा बस्ने र खाने सुविधा लिएर आफैं घुम्न पनि सकिन्छ। 

हामीले यहाँ रातको दुई हजारदेखि पाँच हजार रूपैयाँमा बस्न पाइने ८ होटलको छोटो विवरण दिएका छौं।

होटल वाइल्डलाइफ क्याम्प

होटल वाइल्डलाइफ क्याम्पले सन् १९८६ देखि आतिथ्यता सेवा दिइरहेको छ। यो होटल राष्ट्रिय निकुञ्ज नजिकै छ। होटलले स्थानीय सांस्कृतिको अवलोकन र जंगल सफारीको सेवा दिन्छ। यो होटलमा चार हजार रूपैयाँदेखि माथिका डिलक्स वा स्ट्यान्डर्ड कोठा छन्। साथै धेरै दिनका लागि वा समूहमा जानेहरूका लागि होटलले प्याकेज पनि बनाएको छ। सौराहा बस पार्कसम्म पिक-अप र ड्रप‍-अफ समावेश छ।

चितवन भिलेज रिसोर्ट 

यो रिसोर्ट राप्ती नदीको छेउमा छ। राष्ट्रिय निकुञ्जको जंगल सफारी क्षेत्रबाट तीन सय मिटर दुरीमा रहेको यो रिसोर्टमा प्याकेज अथवा बेड/ब्रेकफास्टमा बस्न सकिन्छ। प्याकेज लिएर बस्ने हो भने प्रतिव्यक्ति १५ हजार रूपैयाँसम्म पर्छ। प्याकेज नलिई बस्दा तीन हजारदेखि तीन हजार पाँच सय रूपैयाँसम्म बस्न पाइन्छ।

होटल राष्ट्रिय निकुञ्ज, सौराहा

होटल राष्ट्रिय निकुञ्ज सौराहा बस स्टेसनबाट एक किलोमिटर र भरतपुर विमानस्थलबाट बीस किलोमिटर पर छ। यो होटलबाट सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ। होटलमा स्यान्डर्ड डबल रूम, क्वीन रूम र किङ रूमहरू छन्। होटलमा एक हजार सात सय रूपैयाँदेखि बस्न पाइन्छ।

चितवन पार्क भिलेज

चितवन राष्ट्रिय निकुञ्जको ६ सय मिटर पर रहेको यो होटल बगैंचा र पार्कले घेरिएको छ। यहाँ बस्न एक रातको एक हजार आठ सय रूपैयाँदेखि सुरू हुन्छ। यो रकममा बेड र ब्रेकफास्ट पाइन्छ। यसबाहेक बजेटअनुसार प्याकेज लिएर घुम्न सकिन्छ।

टाइगर रेसिडेन्सी रिसोर्ट

टाइगर रेसिडेन्सी रिसोर्ट राप्ती नदीको छेउमा र राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट केही मिनेट पैदल दुरीमा छ। रिसोर्टमा २० वटा कोठाहरू छन्। कटेज पनि छन्। दुइटा बेड रहेका कोठाहरूमा बस्न कम्तीमा दुई हजार पाँच सय रूपैयाँ चाहिन्छ। यसबाहेक अन्य गतिविधिहरूका लागि थप पैसा तिर्नुपर्छ। 

चितवन भिलेज रिसोर्ट 

राष्ट्रिय निकुञ्ज र राप्ती नदीकै छेउमा रहेको अर्को होटल हो चितवन भिलेज रिसोर्ट। वाइल्डलाइफ अनुभवका लागि रिसोर्टले अनुभवी गाइडहरू पनि राखेको छ। स्वदेशी र विदेशी पर्यटकलाई वाइल्डलाइफको रोमाञ्चक अनुभव दिलाइरहेको यो रिसोर्टमा बस्न कम्तीमा दुई हजार दुई सय रूपैयाँ पर्छ। आगन्तुकहरूका लागि रिसोर्टले तीनवटा प्याकेज पनि बनाएको छ। प्याकेज नौ हजार पाँच सय रूपैयाँबाट सुरू हुन्छ। समूहमा जानेहरूका लागि यो प्याकेज उपयोगी हुन सक्छ।

होटल रेनफरेस्ट

यो होटल राष्ट्रिय निकुञ्जबाट पाँच सय मिटर पर छ। स्विमिङ पुलको पनि व्यवस्था रहेको होटलमा एक रातको कम्तीमा चार हजार ६ सय रूपैयाँ पर्छ। होटलमा सामान्य डिलक्स र स्वीट रूम छन्। यसबाहेक प्याकेजमा बस्न चाहनेहरूका लागि प्याकेज पनि उपलब्ध छ। 

होटल नेचर हेरिटेज

सन् २००९ देखि आतिथ्यता पस्किरहेको अर्को होटल हो हेरिटेज नेचर। हेरिटेजमा बस्न डिलक्स र स्ट्यान्डर्ड रूमहरू छन्। यी रूममा बस्न कम्तीमा तीन हजार तीन सय रूपैयाँ चाहिन्छ। अन्य सुविधाका लागि पैसा थप्नुपर्छ।  

यीबाहेक पनि सौराहामा कम बजेटका थुप्रै होटलहरू छन्। बसाइ अवधि र खर्च कतिसम्म गर्ने भन्ने कुरा पर्यटकमा भर पर्छ।

Author: Sabina Karki, Source: Setopati

News and Articles

Related News, Articles and Information

Feedback Form

    Royal Tulip Chitwan

    Royal Tulip Chitwan

    Nestled on the edge of Chitwan National Park, a UNESCO World Heritage Site, Royal Tulip Chitwan Nepal offers a luxurious...